
काठमाडौं, ६ कार्तिक । युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालसहितलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।
रास्वपा सभापति रवि लामिछाने अनुसन्धानका लागि पक्राउ परेकामा सरकारको कामविरूद्व प्रदर्शनमा उत्रिएको भन्दै सफलले उजुरी दिएका हुन् ।
सफलले उपसभापति अर्याल, अर्का उपसभापति डा.स्वर्णिम वाग्ले, नेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, डा.तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, मनिष झासहितलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।








प्रतिक्रिया