
काठमाठौं, ६ कार्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काँग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्व रेड कर्नर नोटिस जारीका लागि सिफारिस गरेको छ ।
ललितपुरको मितेरी सहकारीको बचत रकम अपचनलको आरोपमा ज्योतिसँगै ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीले प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गरेको हो ।
धनराज र ज्योतिबीच सम्बन्ध विच्छेद भइसकेको छ । तर उनीहरूबीचको सम्बन्धविच्छेद नक्कली भएको बताइन्छ ।








प्रतिक्रिया