८ असार २०८३, सोमबार

मकवानपुर र काभ्रेका बाढीपहिरो पीडितलाई जस्तापाता सहयोग

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ६ कात्तिक । गत असोजमा आएको बाढीपहिरोका कारण घरबार गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र काभ्रेको चौरीदेउराली गाउँपालिकाका २२ घरपरिवारलाई घर निर्माणका लागि जस्तापाता सहयोग गरिएको छ ।

अमेरिका न्युयोर्कस्थित नेपाली चेली समाज चाँदनी क्रियशन एनवाईसीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ र काभ्रेको चौरीदेउराली गाउँपालिका वडा ७ र ९ मा बसोबास गर्ने २२ घरपरिवारलाई घर निर्माण गर्न जस्तापाता सहयोग गरेको हो ।

यस्तै, ७५ घरपरिवारलाई कम्बल लत्ताकपडा र खाद्यान्न उपलब्ध गराइएको छ । इन्द्रसरोवरमा शनिबार र चौरीदेउरालीमा सोमबार सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

संस्थाकी कार्यकारी निर्देशक चाँदनी योञ्जन लामाले केही रकम व्यक्तिगत, केही रकम आफन्त साथीभाईको सहयोग र तामाङ समाजसमेतको सहकार्यमा जुटाएकी थिइन् ।