४ श्रावण २०८३, सोमबार

लरेन्स बिश्नोईको इन्काउन्टर गर्नेलाई करोडौंको इनाम घोषणा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । भारतीय कुख्यात अपराधी लरेन्स बिश्नोईलाई इन्काउन्टर गर्नेका लागि एक करोड भन्दा बढीको पुरस्कार घोषणा गरिएको छ ।

बाबा सिद्दीकी र पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या तथा बलिउड अभिनेता सलमान खानको घरमा गोली प्रहार जस्ता घटनामा संलग्न रहेको आरोप लागेका बिश्नोईविरुद्ध यो पहिलो पटक ठूलो रकमको पुरस्कार घोषणा गरिएको हो ।

क्षत्रिय करणी सेनाका राष्ट्रिय अध्यक्ष राज शेखावतले बिश्नोईलाई इन्काउन्टर गर्ने प्रहरीलाई १ करोड ११ लाख ११ हजार १११ भारतीय रुपैयाँको पुरस्कार दिने घोषणा गरेका हुन् । साथै, सम्बन्धित प्रहरी परिवारको सुरक्षाको जिम्मा पनि करणी सेनाले लिने बताइएको छ ।

हाल गुजरात भ्रमणमा रहेका शेखावतले क्षत्रिय महासम्मेलनमा यो पुरस्कारको घोषणा गरेका हुन् ।

शेखावतको यो घोषणापछि भारतीय सुरक्षा निकायमा हलचल मच्चिएको छ ।

लरेन्स बिश्नोई हाल गुजरातको साबरमती जेलमा छन् । उनीमाथि सीमापारबाट लागुऔषध ओसारपसार गरेको आरोप पनि लागेको छ । बिश्नोईले पछिल्लो समय सलमान खानलाई पटक-पटक मार्ने धम्की दिएका छन् ।