१७ असार २०८३, बुधबार

खुकुरी प्रहार गरी फरार २ जना पक्राउ, एकको खोजी जारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ६ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोल घर भई १० टिसिएनरोड बस्ने एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

आफ्नै डेरामा बसिरहेको अवस्थामा स्थानीय २२ वर्षीय रोनक खड्केलाई आइतबार मोटरसाइकलमा आएका तीन जनाले अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने उद्देश्यले टाउको, अनुहार, गर्धन तथा शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

खुकुरी प्रहार गरी फरार रहेकाको पहिचान एवं खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेको आरोपमा हेटौंडा उपमहानगरपालिका–११ निवासी २९ वर्षीय विशाल तामाङ, १८ वर्षीय सनिस घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।

पक्राउ परेकालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए । घटनामा संलग्न थप एक जनाको खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।