१ कार्तिक २०८३, आइतबार

प्राविधिक खराबीको कारण विद्युतीय सवारीमा धुँवा निस्कियो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । आज बिहान सेरेस ब्राण्डको एउटा विद्युतीय सवारीसाधनमा प्राविधिक खराबीको कारण धुँवा निस्किएको कम्पनीले जनाएको छ ।

गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्य स्थानमा समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको गाडीमा सर्ट सर्किट भएर धुँवा निस्किएको थियो । कम्पनीका अनुसार त्यस गाडी विगतमा अनधिकृत सेवा केन्द्रहरूमार्फत् मर्मतसम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बखत सर्ट सर्किट हुँदा गाडीमा धुवाँ निस्किएको हो । यस दौरान सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियता पूर्वक स्थितिलाई नियन्त्रण लिएको छ । कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको छ ।

विद्युतीय सवारी साधनहरू धेरै खाले सुरक्षा सुविधाहरूले सुसज्जित हुन्छन् र निश्चिन्त सवारी अनुभवका लागि ग्राहकहरूलाई आफ्नो सवारी साधनको मर्मतसम्भार तोकिएकै सेवा केन्द्रमार्फत् गराउन कम्पनीको आग्रह छ ।