२१ असार २०८३, आइतबार

नेसपाको प्रथम विधान अधिवेशन आजदेखि पोखरामा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम विधान अधिवेशन आजदेखि पोखरामा सुरू हुँदैछ ।

अधिवेशनका लागि अध्यक्ष भट्टराईलगायत नेताहरू पोखरा पुगिसकेका छन् । अधिवेशनमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

आज र भोलि पोखरा सभागृह हुने अधिवेशनमा देशभरबाट करिब पाँच सय जना प्रतिनिधि सहभागी हुने बताइएको छ ।

अधिवेशनमा विधान मस्यौदा र घोषणा पत्र मस्यौदामाथि समूहगत छलफल गरेर सुझाव समेट्दै पारित गर्ने नेसपाको तयारी छ ।