
काठमाडौं, ५ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता र कार्यकर्ताहरुलाई आफ्नो पार्टी राम्रो बनाउन सुझाव दिएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले फरक पार्टीका नेता र कार्यकर्ताहरुले एमालेको भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका बताउँदै एमालेलाई कस्तो बनाउने एमालेजनलाई नै छोडिदिन भनेका हुन् ।
‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा (एमाले)को भविष्यका वारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरुले आ-आफ्नो पार्टी राम्रो बनाउन लागेत अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि ।’ महासचिव पोखरेलले भनेका छन्, ‘नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा (एमाले)जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले)लाई राम्ररी थाह छ । त्यही भएर नै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ । बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।’
महासचिव पोखरेलका अनुसार एमालेलाई जनताको चाहना र राष्ट्रको आवश्यकता राम्ररी थाहा छ । उनले पार्टी वर्तमानमा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत रहेको र बलियो राष्ट्रिय शक्ति निर्माणमा जुटेको बताएका छन् ।
कुनै पनि पार्टीको मूल्यांकन सामाजिक सञ्जालले नभई आवधिक निर्वाचनले गर्ने बताउँदै महासचिव पोखरेलले एमाले त्यसका लागि सधै तयार रहेको उल्लेख गरेका छन् ।















प्रतिक्रिया