३२ असार २०८३, बिहिबार

पोखरामा निषेधाज्ञा जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ४ कार्तिक । कास्की जिल्लाको पोखरामा जिल्ला प्रकाशन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ता र सहकारी पीडितको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले पाँचजना भन्दा बढी भेला हुन निषेध गरेको छ । “पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,” सूचनामा भनिएको छ ।

प्रशासनले शहिदचोक आसपासका क्षेत्रमा पूर्व तर्फ वाई चोक, उत्तर पूर्वतर्फ मिलनचोक, पश्चिम तर्फ, फिस्टेल गेट (वैदाम), उत्तर तर्फ मालपोत कार्यालय, कास्की दक्षिण तर्फ मुस्ताङ्ग चोक, दक्षिण पश्चिम तर्फ पर्यटन वोर्डको कार्यालय अगाडी र गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोक देखि नविन मा.वि. सम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।