२३ जेष्ठ २०८३, शनिबार

सातदोबाटोमा गुडिरहेको बसमा आगो लाग्यो

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ३ कात्तिक । ललितपुरको सातदोबाटोमा एउटा यात्रुवाहक बसमा आगलागी भएको छ । बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा साँझ ५ बजेतिर आगो लागेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले अचानक विद्युत सर्ट भई आगलागी भएको जानकारी दिएका छन् ।

घटनाको जानकारी पाउनासाथ ललितपुर महानगरपालिकाबाट दुईवटा दमकल घटनास्थलमा पुगेको थियो । दमकल र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ ।

बस पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन ।