२८ असार २०८३, आइतबार

सहकारी ठगीमा संलग्न सबैलाई पक्राउ गरी अनुसन्धान गर्न वर्षमान पुनको माग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सहकारी ठगी प्रकरणमा संलग्न सबै नेताहरूलाई समान व्यवहार गर्न माग गरेका छन् ।

शनिबार रोल्पाको लिवाङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पुनले कांग्रेस उपसभापति धनराज गुरुङ र संसद्को  सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्नुपर्ने बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गरेर गुरुङ र पोखरेललाई छाड्न नमिल्ने जिकिर गरे ।

पुनले भने, ‘रवि लामिछानेमाथि जस्तै आरोप कांग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ । यसमा दोहोरो नहोस् ।’

पुनले सत्तारुढ दलका नेता भएकै कारण कसैलाई उन्मुक्ति दिन खोजिए जनताले प्रतिवाद गर्ने चेतावनी दिए । उनले भने, ‘राज्यका निकायले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्छ।’

उनले सहकारी ठगीमा संलग्न सबैलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरे । पुनले भने, ‘कोही ठूलो, कोही सानो, कोही नजिक, कोही टाढा, कोही सत्ता पक्षको, कोही प्रतिपक्षको वा कोही सर्वसाधारण भएका आधारमा राज्यले फरक व्यवहार गर्न मिल्दैन । जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक रुपमा उठेका प्रश्नको नेताहरूले जवाफ दिनैपर्छ ।’