२८ असार २०८३, आइतबार

चिनियाँ नेता छन काङ्ग नेपाल भ्रमणमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टीका छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आइपुगेका छन् ।

एअर चाइनाको उडान नम्बर सिए ४३७ मा सिचुआन प्रान्तको राजधानी छन्तुबाट छन काङ्ग शनिबार काठमाडौं उत्रिएका हुन् ।

नेपाल भ्रमणमा आएका छन काङ्गले आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि चिनियाँ दूतावास र होटल याक एण्ड यतिमा हुन लागेको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

टोली आइतबार नै काठमाडौं दरबार स्क्वायरको समेत अवलोकन गर्ने छ । सोमबार बिहान स्वयम्भू, भक्तपुर दरबार स्क्वायरको अवलोकनलगायतका कार्यक्रम छन् ।

चिनियाँ टोली सोमबार दिउँसो साढे १ बजे थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा बैंकक हुँदै स्वदेश फर्कने छ ।