७ श्रावण २०८३, बिहिबार

सिनवारको मृत्यु भएपनि हमास जिवित रहेको खमेनीको घोषणा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान, ३ कात्तिक । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भएपनि हमास जीवित रहेको शनिबार घोषण गरेका छन् ।

सिनवारको मृत्यु पीडादायी भएता पनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने खामेनीले बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने जनाएका हुन् ।

खमेनीले सिनवारको बारेमा उल्लेख गर्दै भने, ‘सिनवार प्रतिरोध र सङ्घर्षको चम्किलो व्यक्तित्व हुन, जो क्रूर र आक्रामक शत्रु विरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे ।’

सन् २०२३ अक्टोबर–७ को आक्रमणको मुख्य नाइकेको रुपमा सिनवारलाइ चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्कीएको भए नि निरन्तर अघि बढ्ने बताएका छन् ।

उनले सन् २०२३ अक्टोबर–७ बाट सुरु भएको युद्धमा सिनवार यस क्षेत्रको इतिहासमा उच्च विरासतको साथ उल्लेख्य योगदान गरी सम्मान र गर्वका साथ शहीद भएको बताएका छन् ।

इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउँदै सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यका लागि आफ्नो समर्थनलाई आफ्नो विदेश नीतिको आधार बनाएकोसमेत उनले उल्लेख गरेका छन् ।

लामो समयदेखि छायाँमा रहेका सिनवारले गत जुलाईमा इरानी राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्यापछि हमासको प्रमुखको पदभार ग्रहण गरेको स्रोतले जनाएको छ ।

इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ यद्देपी इजरायलले भने हालसम्म घटनाको जिम्मेवारी लिएको छैन । एएफपी