१ असार २०८३, सोमबार

जग्गादातालाई प्रहरीको सम्मान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ३ कात्तिक । अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उनीहरुलाई प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा हस्ताक्षरित प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीकाअनुसार अस्थायी प्रहरी पोष्ट झोताका लागि नन्दादेवी र कृष्णबहादुर र थापाले जग्गा दान गरेका थिए ।

प्रहरी प्रमुख भण्डारीले चैनपुरस्थित जिल्ला प्रहरी कार्यालय, बुङ्गलमा रहेको इलाका प्रहरी कार्यालय र मेलबिसौनाको प्रहरी चौकी बाहेक अन्य स्थानमा रहेका कार्यालय भाडाको घरमा सञ्चालन भएका बताए ।