२३ कार्तिक २०८३, सोमबार

हेटौंडाको पल्पसा प्याराडाइज होटलमा एक जना मृत फेला

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगर-२ स्थित पल्पसा प्याराडाइज होटलमा एक जना मृत फेला परेका छन् । काठमाडौं महानगर-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीकाअनुसार मानन्धर गत असोज २७ गतेदेखि पल्पसा प्याराडाइजको तेस्रो तल्लाको ४०५ नम्बर रुममा बस्दै आएका थिए ।

शुक्रबार उनको साथिहरुले फोन गर्दा फोन नउठाए पछि शुक्रबार दिउँसो सोही होटलको ढोका खोली हेर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी हेटौंडास्थित मामाघर आएको र यसअघि पहिला पनि हेटौंडा आउँदा सोही होटलमा बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्याम अर्यालले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।