२६ असार २०८३, शुक्रबार

पक्राउ परेका रवि लामिछानेको अबको प्रक्रिया के हुन्छ ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् ।

कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि प्रहरीले उनलाई आज काठमाडौंस्थित वनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रहरीले लामिछानेलाई पार्टी कार्यालयबाट पक्राउ गरेर पोखरातर्फ लगेको छ ।

के हुन्छ अबको प्रक्रिया ?

-पक्राउ परेका रविलाई आइतबार (भोलि शनिबार बिदा भएकाले) कास्की जिल्ला अदालतमा पेश गरिनेछ ।

-अदालतमा प्रहरीले अनुसन्धानका लागि समय माग गर्नेछ ।

-जिल्ला सरकारी वकिल कार्यालय कास्कीको टोलीले अनुसन्धान सुरु गर्नेछ ।

-रविमाथि तीन अभियोग (सहकारी ऐन, संगठित अपराध निवारण ऐन र सम्पत्ति शुद्धीकरण)मा अनुसन्धान हुनेछ।

-सुरुमा ५-७ दिनको म्याद थप हुने सम्भावना रहेको छ ।

-अनुसन्धान पूरा नभएसम्म म्याद थपको प्रक्रिया जारी रहनेछ । सहकारी ठगी र संगठित अपराधमा ६० दिनसम्म र सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म थुनामा राख्न सकिनेछ ।

-अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार गरी जिल्ला अदालतमा पेश गर्नेछ ।

-अदालतमा थुनछेक बहसपछि थुनामा राख्ने वा धरौटीमा छाड्ने निर्णय हुनेछ।

-जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पोखरा र त्यसपछि सर्वोच्च अदालतसम्म पुनरावेदन गर्न सकिने बाटो खुला रहनेछ ।