७ असार २०८३, आइतबार

रवि लामिछानेलाई पक्राउ गरिँदै, स्थलमार्गबाट कास्की लगिने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगीमा अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालत कास्कीले लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो । अहिले सीआईबीको टोली लामिछानेलाई पक्राउ गर्न रास्वपा कार्यालयमा छ ।

यसैबीच, लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने भएको छ । लामिछानेले आफू सडकमार्ग हुँदै पोखरा जाने बताउनुभएको छ ।

प्रहरीसँग समन्वय भइरहेको बताउँदै उहाँले यस्तो धारणा राखेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । लामिछाने अहिले प्रहरीसँग समन्वयमा रहेको उहाँले बताउनुभयो ।