१२ असार २०८३, शुक्रबार

प्रचण्डले पाए रवि पक्राउ पर्न लागेको सूचना

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजिएको बताउनु भएको छ ।

आज दहालले बोलाउनु भएको विपक्षी दलको बैठकमा प्रचण्डले रवि पक्राउ पर्न लाग्नु भएको सूचना आफूले पाएको ब्रिफिङ गर्नु भएको हो ।

केहीदिनदेखि लामिछानेलाई पक्राउ गर्न लागिएको हल्ला व्यापक रुपमा चलेको छ। बैठकमा सहभागी एक नेताका अनुसार बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगृहमन्त्री लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेको प्रचण्डले बैठकमा बताउनु भएको थियो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो।

रविलाई पक्राउ गर्न खोजिएको हल्लासँगै अहिले रास्वपामा तरंग उत्पन्न भएको छ ।