२३ असार २०८३, मंगलबार

विपक्षी दलको बैठकमा सत्तापक्षकै नेता सहभागी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी विपक्षी दलको बैठकमा सत्तापक्षकै नेता पनि उपस्थित भएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको बैठकमा सरकारमा सहभागी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर उपस्थिति हुनुभएको हो । लोसपाका नेता शरतसिंह भण्डारी सरकारमा श्रममन्त्री हुनुहुन्छ ।

बैठकमा विपक्षी दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ ।

बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेताहरू उपस्थित हुनुहुन्छ ।