६ असार २०८३, शनिबार

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २ कात्तिक । दाङको बंगलाचुली गाउँपालिका-४ जुम्लेपानीमा गएराति रा १ ख १८५७ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका-७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चुनढुंगा लिन जान लगेको टिपर घोराही–तापा सडक खण्डअन्तर्गत जुम्लेपानीमा सडकदेखि करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।