११ श्रावण २०८३, सोमबार

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २ कात्तिक । कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताउनुभयो ।

दुवै सडकको वैकल्पिक मार्ग हेटौंडा-भैंसे-पालुङ-काठमाडौं र कान्तिलोकपथ- हेटौंडा-ठिङ्गन-काठमाडौं प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।