
मकवानपुर, १ कात्तिक । तास खेलिरहेका आठ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको मनहरी गाउँपालिका-६ भुलचोकस्थित कृष्ण पाख्रिनको गोठमा तास खेलिरहेका ८ जना गएराति १२ बजे पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४५ हजार रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही स्थान बस्ने ४७ वर्षीय रेशम तामाङ, २४ वर्षीय रविन मोक्तान, ५३ वर्षीय गोपीलाल मोक्तान, वर्षीय ४२ अशोक राई, ४० वर्षीय कृष्ण थिङ रहेका छन् ।
यसैगरी, ४० वर्षीय कृष्ण पाख्रिन, ४५ वर्षीय सन्तोष राई र ३३ वर्षीय विष्णु पाख्रिन पक्राउ परेका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








प्रतिक्रिया