७ असार २०८३, आइतबार

राष्ट्रपति पौडेलद्वारा बडीमालिका मन्दिरको दर्शन (तस्वीरहरु)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नं ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको हो ।

प्रसिद्ध धार्मिकस्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवम् दर्शनको लागि भक्तजन आउने गर्दछन् ।

राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ ।