
काठमाडौं, १ कात्तिक । काठमाडौं महानगरका मेयर बालेन साहले हिन्दुराष्ट्र संविधानमा नभएर स्वाभिमानमा चाहिने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा कवितात्मक शैलीमा लेख्दै साहले यस्तो बताउनुभएको हो । उहाँले शहरीकरण, पहिचान र राष्ट्रियताको विषयमा चिन्तन प्रस्तुत गर्नुभएको छ ।
उहाँले गाउँ मासेर बनेको शहरको काम छैन भन्दै कविताको शैलीमा फेसबुकमा लेख्नुभएको छः
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।









प्रतिक्रिया