२१ असार २०८३, आइतबार

उद्धार गरिएको चितुवा मर्‍यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १ कार्तिक । कैलालीको जानकी गाउँपालिका-६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको छ ।

पासोमा परेको वयस्क भालेलाई बुधबार बिहान चितुवाको बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो ।

उद्धार गरी थप उपचार र पुनःस्थापनाका लागि डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सब डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले जानकारी दिनुभयो । पण्डितकाअनुसार चितुवा अन्य कुनै ठाउँमा पासोमा परेको र त्यहाँबाट उम्भिएर काठको लामो किलासहित भागेको अवस्थामा झाडीमा अल्झिएको अवस्थामा भेटिएको थियो ।