
काठमाडौं, १ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार एक विज्ञप्ति जारी गर्दै विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यक रहेको बताउनुभएको छ ।
विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ ।








प्रतिक्रिया