१९ असार २०८३, शुक्रबार

प्रचण्ड भन्छन्- दशैं मेरो प्राथमिकतामा पर्दैन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं आफ्नो प्राथमिकतामा नपरेको बताउनुभएको छ । बडादशैंलाई आफूले पहिलेदेखि नै महत्व नदिएको तर परिवारका सदस्यहरुलाई साथ दिने गरेको प्रतिक्रिया दिनुभयो ।

‘जनयुद्धभरी र त्यपपछि पनि दशैं मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रुपमै लिने गर्छु । घरमा परिवारका सदस्यहरु, छोराछोरी, नाति नातिनाहरुलाई टीका लगाउने गर्छन । उनीहरुलाई सहयोग चाहीँ गर्छु,’ अध्यक्ष दाहालले भन्नुभयो ।

अध्यक्ष दाहालले दशैंमा प्राय टीका लगाउने गर्नुभएको छैन् । तर २०७४ सालमा भने उहाँको निधारमा रातो टीका लगाएको तस्वीर सार्वजनिक भएको थियो ।

लाजिम्पाट निवासमा रहँदा उहाँले मामा ससुरा र सासुको हातबाट टीका लगाएको तस्वीर उहाँकी छोरी गंगा र छोरा प्रकाशले सार्वजनिक गर्नुभएको थियो ।