३० आश्विन २०८३, शुक्रबार

दयानगर सामुदायिक सिकाई केन्द्रको सातौं साधारणसभा सम्पन्न

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सियारी, ३० असोज । दयानगर सामुदायिक सिकाई केन्द्रको सातौं साधारण सभा मंगलबार वीरेन्द्र माध्यमिक विद्यालय सियारी-५ दुर्गापुरमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गायत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य विष्णुमाया जयसवाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

साधारण सभामामा संस्थाका उपाध्यक्ष राधा पौड्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, कार्यक्रममा सियारी गाउँपालिका कार्यपालिका सदस्य अन्जु रोकाहा, वडा नं. ४ का वडाध्यक्ष श्रीराम यादव, वीरेन्द्र माविका अध्यक्ष चन्द्रकान्त शर्मा र गौतमबुद्ध सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष प्रेमनारायण चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष गायत्री न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका परिचालक दुर्गा तिवारीले गर्नुभएको थियो ।

साधारण सभाले संस्थाको वार्षिक गतिविधिहरूको समीक्षा गर्नुका साथै आगामी वर्षका लागि योजनाहरू तय गरेको बताइएको छ ।