
दाङ, ३० असोज । देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङमा एक नाबालिका बलात्कृत भएकी छिन् ।
राप्ती गाउँपालिका-१ भालुवाङ पुलचोक बस्ने ८ वर्षीया नाबालिका बलात्कृत भएकी हुन् । घटना असोज २४ गते बेलुका सशस्त्र प्रहरीको क्याम्प नजिकै रहेको लिङ्गे पिङ खेल्न गएको बेला भएको हो ।
घटना भएको केही समयपछि ती बालिका डेरामा आई आफ्नी आमालाई भनेपछि आमाले छोरीको यौनाङ्ग हेर्दा अत्यधिक रक्तस्राव भएको र घाउसमेत देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
इलाका प्रहरी कार्यालय भालुवाङमार्फत ती नाबालिकाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण रिपोर्टमा नाबालिका बलात्कृत भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यस विषयमा प्रहरीसँग बुझ्दा दोषी पत्ता लागि नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले छिट्टै दोषी पक्राउ गरी सार्वजनिक गर्ने बताएको छ ।








प्रतिक्रिया