
काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ पर्नुभएको छ ।
निर्मला कुर्मी प्रकरणमा लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा प्रदर्शन गरिरहेका रुबी खानलगायतलाई पक्राउ गर्ने क्रममा उहाँ पनि पर्नुभएको हो ।
महानगरीय प्रहरी वृत्त मालिगाउँमा पुर्याइएको केहीबेरमै उहाँलाई छोडिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया