१२ असार २०८३, शुक्रबार

पार्टी र नेतृत्वविरुद्ध नलाग्न प्रचार विभाग प्रमुख गौतमको चेतावनी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन बनाउने विषयमा मिडिया र सामाजिक सञ्जालमा अनाआवश्यक विवाद सिर्जना गरेर दुष्प्रचार भइरहेको बताउनुभएको छ ।

मंगलबार एक प्रेस नोट जारी गर्दै प्रमुख गौतमले मिनबहादुर गुरुङ र सावित्री गुरुङले स्वइच्छाले दान दिएको विषयमा कुनै लेनदेन नभएको स्पष्ट पार्नुहुँदै पार्टी र नेतृत्वविरुद्ध नलाग्न चेतावनी दिनुभयो ।

‘नेकपा (एमाले)को केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टीभित्र र बाहिर अनेकखालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध विष वमन गर्ने काम भइरहेको छ ।’ प्रमुख गौतमले भन्नुभएको छ,‘तथ्य के हो, एकजना दानवीर मिनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा (एमाले)को केन्द्रीय कार्यलयको दुराअवस्था देखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नु भएको हो । यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नु भयो, एमालेले ग्रहण गर्‍यो ।’

उहाँले तथ्य बुझेर मात्रै आफ्ना धारणा राख्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

‘तथ्य नबुझी बदनाम नगरौँ । पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने, भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको हो । यसमा पार्टी सदस्य र मतदाताहरुको अपमान हुने पार्टीले त्यस्तो के काम गर्‍यो । सस्तो लोकप्रियताका लागि, मिडिया कन्जम्सन, पव्लिक कन्जम्सनका लागि फगत पेपर वार नगरौँ, सोसल मिडियाको दुरुपयोग नगरौँ ।’ गौतमले भन्नुभएको छ ।