२४ जेष्ठ २०८३, आइतबार

ब्राजिलमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन पहल गर्ने प्रतिबद्धता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ब्राजिलमा ज्यान गुमाएका एक नेपालीको शव छिटो नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

दाङको तुलसीपुर–१८ बालुवाका दुर्गा डाँगीको शव छिटो नेपाल ल्याउन पहल गर्ने पोखरेलले बताउनुभयो । पोखरेलले मृतक डाँगीको घरमा नै पुगेर शव ल्याउन प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

ब्राजिलमा शरणार्थीका रूपमै रहेका बखत बिरामी परेपछि दुर्गाको १२ दिन अघि उपचारको क्रममा ज्यान गएको थियो । मृतकको शव अझै नेपाल ल्याउन सकिएको छैन ।

दुर्गाको शव नेपाल ल्याउनका लागि काउन्सिलर विभाग र परराष्ट्र मन्त्रालयमा आवश्यक पर्ने कागजपत्र तयारीमा आवश्यक सहयोग गरिदिन पोखरेले तुलसीपुर–१८ का वडाध्यक्ष माधव वली र नगर प्रमुख टीकाराम खड्कालाई आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले दुर्गाकी श्रीमती, बुवा, आमा र परिवारका सदस्यहरूलाई जतिसक्दो चाँडो दुर्गाको शव नेपाल ल्याउनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।