९ असार २०८३, मंगलबार

दशैं बिदामा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुल्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । दशैं बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालयहरु आजदेखि खुल्दैछन् ।

असोज २४ गते फूलपातीका दिनदेखि असोज २८ गते द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् । आजबाट सरकारी कार्यालयका सबै सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् ।

विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम भने आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।