
काठमाडौं, २९ असोज । मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द भएको छ ।
मर्मत सम्भारका लागि आज असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्नेलगायतका काम बाँकी छन् ।
ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ । १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।








प्रतिक्रिया