१६ असार २०८३, मंगलबार

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २८ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका- ६ चौकीटोलमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा ३० जना घाइते भएका छन् ।

सोमबार साँझ चितवनबाट हेटौंडातर्फ आउदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ख ३११९ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्याम अर्यालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये १३ जनाको चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै, पुरानो मेडिकल कलेजमा १३ जनाको उपचार भइरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको डिएसपी अर्यालले बताउनुभयो । ४ जना सामान्य घाइतेको हेटौंडास्थित हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।