
चितवन, २८ असोज । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मृत भेटिएका छन् ।
साउन महिनायता ती गैंडा मृत भेटिएका हुन् । एउटा गैंडा करेन्ट लगाएर मारिएको हो भने दुई गैंडा अन्य कारणले मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैंडा मरेका थिए । जसमध्ये १८ गैंडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैंडा मृत्युको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।
पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैंडाको संख्या सात सय ५२ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैंडा रहेका छन् ।








प्रतिक्रिया