१२ श्रावण २०८३, मंगलबार

मुम्बईबाट न्यूयोर्क उडेको एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा आपतकालीन अवतरण

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । मुम्बईबाट अमेरिकाको न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमान बमको धम्की पाएपछि आपतकालीन अवस्थामा दिल्लीमा अवतरण गरेको छ ।

सोमबार विमान मुम्बईबाट उड्ने क्रममा बमको धम्की आएको हो । यसपछि विमान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।

विमानलाई आइसोलेसन बेमा राखेर परीक्षण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।