२० असार २०८३, शनिबार

प्रहरी महानिरीक्षक कुँवरद्वारा टीका तथा प्रसाद प्रदान (तस्वीरहरु)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बडादशैं २०८१ को अवसरमा सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिनुभएको छ ।

आइतबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टीका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभयो । यस अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो ।

ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो ।

टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरूसमेतको उपस्थिती रहेको थियो ।

टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामनासमेत आदानप्रदान गरिएको थियो ।