१८ असार २०८३, बिहिबार

दशैंमा त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढ्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । वडादशैंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैतर्फ यात्रुको चाप देखिएको हो ।

असोज २४ र २६ गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेकोको तथ्यांक छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवन यात्रुले खचाखच भएको छ ।

असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडान भएका थिए भने सोही दिन अन्तर्राष्ट्रियतर्फ दुईतर्फी एकसय सात उडान भएका थिए ।

२४ गते १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ।

अन्तर्राष्ट्रियतर्फ २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेका हुन् ।