३ श्रावण २०८३, आइतबार

मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २६ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेबी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ ।

दशैं टीकाको शुभसाइतमा उहाँले झापाको गौरादह-३ स्थित निवासमा आमासँग टीका लगाउनु भएको हो ।

आज दिनभर झापाको गौराहदमा रहेको निवासमा नै बसेर मुख्यमन्त्री कार्कीले आफन्तसँग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ । मुख्यमन्त्री कार्कीका एक छोरा तथा दुई छोरी छ्न् ।

मुख्यमन्त्री कार्कीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकावीच दशैं मनाउन आग्रह गर्नुभएको छ ।

कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकाले विपद्को सामना गर्दै एक आपसमा सहयोग, सद्भाव र भातृत्वका साथ यस वर्षको दशैं मनाउन उहाँले आग्रह गर्नुभएको हो ।