१४ असार २०८३, आइतबार

शुभ साइतसँगै दशैंको टीका लगाउन सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । विजयादशमीको टीकाको साइत आरम्भ भएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिकाअनुसार आज बिहान ११ बजेर ३६ मिनेट जाँदा टीकाको शुभ साइत सुरु भएको हो ।

समितीले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।

दशैंमा मान्यजनको हातबाट टीका ग्रहण गर्ने र आशिर्वाद लिदाँ दुर्गा भवानीले रक्षा गर्ने र सत्यको जित हुने मान्यता रही आएको छ ।