२६ असार २०८३, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा बडादशैंको शुभकामना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं पर्वले सम्पूर्ण नेपालीहरूबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

बडादशैंका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले यस वर्ष दशैंको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिले धेरैलाई यो दशैं अलि असहज भएको छ बताउनुभएको छ ।

‘यो दशैं पर्वलाई हामीले आ–आफ्नो परिवेश,परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ मनाउनु पर्दछ,’ शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।