२६ असार २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा आज र भोलि नेपाल प्रहरीको निःशुल्क बस सेवा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । नेपाल प्रहरीले दशैंमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।

प्रहरीले आज शुक्रबार र भोलि शनिबारका लागि काठमाडौं उपत्यकाका दुई रुटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरीले त्यसका लागि रुट तोकेरै दुई वटा बस सञ्चालन गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले दशैंमा सार्वजनिक यातायात कम चल्ने हुँदा सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गरिएको जनाएको छ ।

प्रहरीले हरेक वर्षको दशैंमा सर्वसाधारणको सुविधाका लागि बस सेवा सञ्चालन गर्दै आइरहेको छ ।