११ श्रावण २०८३, सोमबार

तिहारमा चिनीको अभाव हुँदैन : साल्ट ट्रेडिङ कर्पोरेशन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । साल्ट ट्रेडिङ कर्पोरेशनले यसवर्षको तिहार, छठ र नेपाल संवत् जस्ता महत्वपूर्ण पर्वहरूलाई ध्यानमा राखी थप चिनी आयात गर्न थालेको छ । यसले गर्दा देशभर चिनीको अभाव नहुने सुनिश्चित गरेको छ ।

कर्पोरेशनका प्रवक्ता ब्रजेशकुमार झाकाअनुसार बुधबार भारतबाट ५० किलोग्रामका २,२०० बोरा चिनी वीरगञ्जस्थित कर्पोरेशनको गोदाममा ल्याइएको छ ।

‘हामीले थप चिनी आयात गर्न थालेका छौँ’ झाले भन्नुभयो, ‘यसले गर्दा आउँदो चाडपर्वहरूमा मात्र नभई अन्य समयमा पनि चिनीको अभाव हुने छैन ।’

विशेषगरी तिहारलगायतका चाडपर्वको समयमा चिनीको माग बढ्ने भएकाले साल्ट ट्रेडिङले चिनी आयात सुरु गरेको हो ।