२० असार २०८३, शनिबार

लोकतन्त्र र परिवर्तनको पक्षमा उभिन एमालेको आह्वान

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेकपा (एमाले)ले लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ ।

आज पार्टी मुख्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले देश बन्छ भन्ने आत्मविश्वासका साथ संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उपमहासचिव ज्ञवालीकाअनुसार बैठकले समाजमा निराशा, नकारात्मकता र विद्वेष फैलाउने प्रवृत्ति देखिएको भन्दै देश निर्माणाधीन छ भन्ने सकारात्मक सन्देश दिन पार्टी पंक्तिलाई आग्रह गरेको छ । साथै, हालैको बाढीपहिरोबाट प्रभावितहरूको पुनःस्थापना, राहत र खोजी कार्यमा सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित निरन्तर सहयोग गर्न आह्वान गरिएको छ ।

यसैगरी, आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा सचिवालय बैठकले कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरूलाई आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ । उपनिर्वाचनमा सक्रिय रूपमा परिचालन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिइएको छ ।