२ श्रावण २०८३, शनिबार

मनसुनी वायुको प्रभाव : कोशी, मधेश तथा बागमतीमा मध्यम वर्षाको सम्भावना

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । यस वर्षको मनसुन मंगलबार देखिनै काठमाडौं उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागबाट बाहिरिए पनि केही भेगमा मनसुनी वायुको प्रभाव देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहीबार कोशी र मधेश प्रदेशका अधिकांश भू-भाग तथा बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव देखिएको छ ।

बिहीबार बिहान देशका पहाडी भू-भागको मौसम आंशिकदेखि साधारणतया बदली छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ ।

कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशसहित बाँकी पहाडी भू-भागका एकदुई स्थानमा दिउँसो पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

महाशाखाले यसअघि नै यस वर्ष दशैंको सप्तमी (२४ गते), अष्टमी-नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइसकेको छ ।

नेपालमा यही असोज २० गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो । यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो ।