६ श्रावण २०८३, बुधबार

सानिमा रिलायन्सको सातौं वार्षिक साधारणसभा सम्पन्न

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०७९/८० को सातौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा भएको साधारण सभामा उहाँले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरणसमेत पेश गर्नुभयो ।

कम्पनीको सातौं वार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. ०७९/८० वार्षिक प्रतिवेदनसहित साविक रिलायन्स लाइफ इन्स्योरेन्स तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका आ.व. २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी चार अर्ब अठार करोड चालिस लाख रुपैयाँको १८.३८११ प्रतिशतका दरले हुने रकम छयहत्तर करोड नब्बे लाख पैंसाठी हजार दुई सय चौबीस बराबरको बोनस शेयर वितरण गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी, आ.व.०८०/८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्तावसमेत पारित गरेको छ । साथै, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तीको अनुमोदन गरेको छ ।

साभारण सभामा अध्यक्ष केडियाले प्रचलित कानून तथा नियमनकारी निकायबाट जारी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्दै व्यवसाय सञ्चालन गरी संस्थालाई प्रतिस्पर्धी र सबल बनाउन संस्थागत सुशासन, पारदर्शिता, प्रणालीगत विकास, बिमीत केन्द्रित योजना र व्यवसाय उत्प्रेरीत तथा प्रेरणा केन्द्रित अभिकर्ता प्रोत्साहन योजना अवलम्बन गरी कारोबार सञ्चालन गर्ने, प्रचलित कानूनको अधिनमा रही उच्चस्तरीय प्रविधि प्रयोग गरी सेवा प्रदान गर्ने, डिजीटल भुक्तानीको विकास गर्ने कम्पनीको नीति रहेको जानकारी गराउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले विश्व बजारमा आएको मन्दी, अन्तर्राष्ट्रिय रुपमा विभिन्न राष्ट्रहरुबीच रहेको कलह तथा भिडन्त, कोभिडको अवशेष यथावतै रहेको, लगानीका अवसरहरु खुम्चिँदै गएको, लगानीकर्ताको मनोबलमा गिरावट, कर्जा मागमा गिरावट, न्यून ब्याजदर प्रतिफल, जनमानसमा घट्दो क्रयशक्ति आदीको प्रत्यक्ष वा परोक्ष असरबाट बीमा व्यवसायमा थपिएको चुनौतीबीच पनि कम्पनीका आर्थिक सूचकांकहरु सकरात्मक नै रहेका, कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी भुमिका, सञ्चालक समितिको अभिभावकिय भुमिका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको उल्लेख गर्नुभयो ।