११ असार २०८३, बिहिबार

सिप्रदीयन सहायताद्वारा काभ्रेका बाढीपीडित २०० परिवारलाई राहत वितरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । सिप्रदी ग्रुप कम्पनिजको सामाजिक उत्तरअदायित्व बहन गर्दै आइरहेको सिप्रदीयन सहायता संस्थाले काभ्रेपलाञ्‍चोकको पनौती नगरपालिका वडा नं. १२ का बाढीपीडित २०० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ ।

प्रत्येक परिवारलाई एक/एक थान सिरक, डसना, झुल र मेट्रेस, दुई/दुई थान सिरानी, ४ थान थाल र एक/एक थान तन्ना, खाना पकाउने कुकर, कराई, जग, बाल्टिन र पन्यो वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, वडा अध्यक्ष जयराम केसी, संस्थाका सहअध्यक्ष निलिमा राणा, वरिष्ठ उपाध्यक्ष शम्भु दाहाल, महासचिव राजेशप्रसाद गिरी, सहसचिव शारदा राना र सिप्रदी अटो पार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।