२३ जेष्ठ २०८३, शनिबार

राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, २३ असोज । कोशी प्रदेश राज्यमन्त्री सिजना राईले एक लाख रुपैयाँ राशिको अक्षयकोष स्थापना गर्नुभएको छ । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गर्नुभएको हो ।

आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताउनुभयो ।

‘गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएको छ’, राज्यमन्त्री राईले भन्नुभयो, ‘यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।’