११ असार २०८३, बिहिबार

ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ जना घाइते

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २३ असोज । दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ८ स्थित बोचमा एक यात्रु बस दुर्घटना हुँदा कम्तीमा १५ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको गाम्नाङटारतर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०६३६ नम्बरको बस लामोसाँघु–जिरी सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि चरिकोट लगिएको छ ।